एनआईसी एशिया क्यापिटलले ५० करोड ७५ लाख प्रतिफलको रुपमा बजारमा पठाउँदै

लोकपथ
14
Shares

काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सामूहिक लगानी कोष योजनाहरुबाट आर्थिक वर्ष २०८०/०८१ मा ५०,७५,०५,८५९.६१ नगद प्रतिफल वितरण गर्न सफल भएको छ ।

उक्त प्रतिफल रकम एनआईसी एशिया डाइनामिक डेप्ट फण्डको हकमा सम्बन्धित इकाईधनीहरुलाई गत भदौ ९ गतेदेखि तथा बन्दमुखी योजानहरुको हकमा असोज ४ गतेदेखि उक्त प्रतिफल रकम सम्बन्धित इकाईधनीहरुको हितग्राही खातामा उल्लेखित बैंक तथा वित्तीय संस्थाको खातामा सोझै जम्मा/रकमान्तरण गर्न सुरु गरिएको क्यापिटलले जानएको छ ।

आर्थिक वर्ष २०८०/०८१ मा प्रतिफल वितरण गरिएका योजनाहरुको विवरण :

साथै विभिन्न आर्थिक वर्षहरुमा एनआईसी एशिया ग्रोथ फण्ड, एन आई सी एशिया व्यालेन्सड् फण्ड र एनआईसी एशिया डाइनामिक डेप्ट फण्डले वितरण गरिएको प्रतिफल रकम बुझिलिन बाँकी भएका इकाईधनीहरुको विवरण तथा विविध कारणबश प्रतिफल जम्मा नभएका/फिर्ता भएका इकाईधनीहरुको विवरण फिर्ता तथा जम्मा नहुनुको कारण सहित एनआईसी एशिया क्यापिटलको वेभसाईटबाट प्राप्त गर्न सकिनेछ ।

नियमित रुपमा प्रतिफल वितरण गर्न सफल खुलामुखी योजना “एन आई सी एशिया डाईनामिक डेप्ट फण्ड” अन्तर्गत Systematic Investment Plan (SIP) तथा Systematic Withdrawal Plan (SWP) योजनाहरु समेत संचालन गरिरहेको र उक्त योजनामा अनलाईन मार्फत सहज रुपमा सहभागी हुन मिल्ने व्यवस्था मिलाइएको छ ।

त्यसका साथै क्यापिटलले आर्थिक वर्ष २०८०/०८१ मा क्यापिटलको शेयरधनीलाई ५२.५३ प्रतिशत नगद लाभांश अर्थात १० करोड ५० लाख भन्दा बढी र सामूहिक लगानी कोष योजनाहरुको इकाईधनीहरुलाई ५० करोड ७५ लाख भन्दा बढी प्रतिफल गरी जम्मा ६१ करोड २५ लाख भन्दा बढी रकम लाभांशको रुपमा वितरण गर्न सफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?