परराष्ट्रमन्त्री राणा र राष्ट्रसंघका उपमहासचिव अतुलबीच भेटवार्ता

लोकपथ
42
Shares

अमेरिका । संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा सहभागी भएकी परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले राष्ट्रसंघका मुख्यालय कार्यालय सञ्चालन सहयोग विभागका उपमहासचिव अतुल खरेसँग भेटवार्ता गरेकी छन् ।

उनीहरूबिच आज भएको भेटवार्तामा राष्ट्रसंघको नेपालसँग सम्बन्ध तथा सहयोगका विविध विषयमा छलफल भएको न्युयोर्कस्थित नेपाली नियोगले जनाएको छ ।

उक्त विभागले शान्ति स्थापनाका लागि खटिने राष्ट्रसंघीय मिसनका सुरक्षाकर्मीको व्यवस्थापनका क्षेत्रमा काम गर्दै आएको छ ।नियोगका अनुसार उक्त भेटमा नेपाल र संयुक्त राष्ट्रसंघबीचको सहयोगलाई निरन्तरता दिने र शान्ति सुरक्षाका क्षेत्रमा पुर्‍याइएको योगदानका विषयमा विचारविमर्श भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?