कुलेखानी–सिस्नेरी सडकखण्ड १२ दिन बन्द हुने

लोकपथ
315
Shares

काठमाडौं । काठमाडौंबाट दक्षिणकालीहुँदै हेटौँडा जोड्ने कुलेखानी–सिस्नेरी सडकखण्ड १२ दिन बन्द हुने भएको छ ।

उक्त सडकखण्ड मर्मतका लागि १२ दिन बन्द गर्न लागिएको हो ।

दक्षिणकाली नगरपालिकाले असोज ८ गतेदेखि १९ गतेसम्म सडकमा आवागमन बन्द गरी काम गर्न लागिएको जनाएको छ ।

उक्त सडकमा सवारी चाप हुँदा निर्माण कार्य प्रभावित हुने भन्दै १२ दिन सडकखण्ड बन्द गरिएको हो ।

नगरपालिका सो सडक बन्द हुँदा सवारी साधनलाई वैकल्पिक मार्गबाट डाइभर्सन गराउन जिल्ला प्रशासन कार्यालय काठमाडौं र मकवानपुरलाई समन्वयका लागि आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?