दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश राउतको इजलासमा

लोकपथ
0
Shares

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंका तर्फबाट सर्वोच्च अदालतमा दायर भएको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइका लागि पेसी तोकिएको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासमा उक्त रिट निवेदन सुनुवाइका लागि पेसी तोकिएको हो । दुर्गा प्रसाईंका छोरा निराजन प्रसाईंले बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गराएका हुन् ।

 प्रसाईँलाई नेपाल प्रहरीको साइबर ब्युरोले आइतबार उनकै निवासबाट पक्राउ गरेको थियो । जिल्ला अदालत काठमाडौंले उनलाई तीन दिन हिरासतमा राख्न आइतबार नै प्रहरीलाई अनुमति दिएको थियो ।

सामाजिक सञ्जालमा आपत्तिजनक अभिव्यक्ति दिएको र व्यक्तिको चरित्र हत्या गरेको भन्दै उनीमाथि उजुरी परेको थियो भने गत बुधबार प्रसाईँसहित तीन जनाविरुद्ध काठमाडौं जिल्ला अदालते पक्राउ पुर्जी जारी गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?