पसलमा आगलागी हुँदा ३५ लाख बराबरको क्षति

लोकपथ
105
Shares

बैतडी । बैतडीको मेलौली नगरपालिका–६ लामालेक बजारमा आगलागी हुँदा  ३५ लाख बराबरको क्षति भएको छ । 

लामालेक बजारमा रामदत्त भट्टले सञ्चालन गर्दै आएको महारुद्र फेन्सी पसल एन्ड आटा चक्कीमा आगलागी हुँदा उक्त क्षति भएको प्रहरीले जनाएको छ । 

सोमबार राति ११ः२० बजेको समयमा भएको आगलागीबाट खाद्यान्न, फेन्सी, ‘डेकोरेसन’, खुद्रालगायत सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जनकराज ढुंगानाले जानकारी दिए । 

प्रारम्भिक अनुसन्धानमा विद्युत ‘सर्ट’ भएर आगलागी भएको प्रहरीले जनाएको छ । स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा आगो निभाइएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?