गर्मीका कारण महोत्तरीका विद्यालय धमाधम बन्द

लोकपथ
35
Shares

महोत्तरी । विगत एक सातादेखि अचानक गर्मी बढेपछि जिल्लाका अधिकांश विद्यालय तथा क्याम्पस बन्द गरिएका छन् ।

बिहानैदेखि चर्को घाम र तातो हावा चल्न थालेपछि जिल्लाका चार स्थानीय तहहरूले आजदेखि चार दिनका लागि विद्यालय बन्द गरेका हो  ।

अन्य स्थानीय तहले पनि बन्द गर्ने तयारी गरेका छन् । ४० देखि ४४ डिग्रीसम्म तापक्रम पुगेपछि सदरमुकाम जलेश्वर नगरपालिकाले नगरक्षेत्रका सबै २९ वटा सामुदायिक एवं धार्मिक विद्यालयहरु आजदेखि लागू हुने गरी चार दिनका लागि बिदा दिएको नगर प्रमुख सुरेश साह सोनारले जानकारी दिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?