गोकर्णेश्वर नगरपालिकामा कुमारी बैंकको महिला उद्यमी प्रशिक्षण

लोकपथ
0
Shares

काठमाडौं । कुमारी बैंक लिमिटेडले काठमाडौंको गोकर्णेश्वर नगरपालिकासँगको समन्वयमा नगरभित्रका महिला उद्यमीहरूलाई प्रशिक्षण दिएको छ।

बैंकले यूसएडको साझेदारीमा ‘देशैभरि वर्षैभरि’ भन्ने नाराका साथ उद्यमशीलता विकास एवं प्रवर्द्धनका लागि उद्यमी प्रशिक्षण अभियान सञ्चालन गरिरहेको छ ।

वित्तीय ज्ञान, सिप, मनोवृद्धि तथा व्यवहार विकासबाट मात्रै व्यावहारिक रुपमा उद्यमशीलता प्रवर्द्धन तथा विकास हुने विश्वास लिएको बैंकले जनाइको छ ।

यस अभियानमा सर्वसाधारणहरूको विषयगत संवेदनशीलतालाई सहजै बुझ्न सकिने गरी वित्तीय उद्यमी प्रशिक्षण, वित्तीय साक्षरता पुस्तिका, कुमारीजी एप, राष्ट्रिय स्तरमा ख्यातिप्राप्त कलाकारहरूको अभिनयसहितका सन्देशमूलक भिडियोहरू, सचेतनामूलक सन्देशहरू विकास गरी नियमितरुपमा प्रकाशन तथा प्रसारणसमेत गरिरहेको बैंकले जनाएको छ ।

बैंकले विगत २३ वर्ष देखि निरन्तर सेवा दिँदै आइरहेको बैंकको देशभर ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखा रहित बैंकिङ इकाईहरू रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?