उदयपुरमा मलामी बोकेको बस पल्टियो, २६ जना घाइते

लोकपथ
161
Shares

काठमाडौं । उदयपुरको वेलका नगरपालिका–५ स्थित सेतीखोला भन्ने स्थानमा मलामी लिएर फर्किरहेको बस दुर्घटनामा परेको छ ।

मलामी लिएर फर्किरहेको उक्त बस दुर्घटना हुँदा २६ जना घाइते भएको वेलकाका मेयर अशोक कार्कीले लोकपथलाई जानकारी दिए ।

उनका अनुसार प्रदेश १–०२–००१ख८२५३ नम्बरको बस करिब दिउँसो १२ बजेतिर मलामी लिएर फर्किने क्रममा सडकदेखि १२ मिटर तल गएर पल्टिएको हो ।

मलामी लिएर फर्किरहेको उक्त बस अर्को बसलाई साँघुरो बाटोमा ओभरटेक गर्दा दुर्घटनामा परेको मेयर कार्कीले बताए ।
‘मलामी नै गएको अर्को बसलाई ओभरटेक गर्ने क्रममा उक्त बस पल्टिएको प्रहरीको अनुसन्धानले देखाएको छ,’ उनले भने ।

त्यस्तै अहिले घाइतेमध्ये ९ जनालाई धरानस्थित वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लगिएको छ । ३–४ जनाको हात खुट्टामा चोट लागेको छ भने बाँकी सामान्य घाइते भएका हुन् । अहिले उद्धारपछि सबैलाई अस्पताल पठाउने काम भएको कार्कीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?