एनएमबि बुद्ध भिसा कार्डबाट फ्लाइट टिकेट किन्दा १० प्रतिशत छुट

लोकपथ
21
Shares

काठमाडाैं । एनएमबि बैंकले बुद्ध भिसा कार्डबाट फ्लाइट टिकेट किन्ने ग्राहकका लागि १० प्रतिशत छुट प्रदान गर्ने भएको छ ।

बैंकले बुद्ध भिसा डेबिट कार्ड (co–branded) होल्डरहरूको लागि चाडपर्वमा बुद्ध एयरको वेब साइटबाट फ्लाइट टिकट काट्दा १०% क्यास ब्याक र अधिकतम ५०० सम्मको छुट प्रदान गर्ने भएको हो ।

छठ सम्मको लागि लागू हुने यो अफर चाडपर्वको समयमा ग्राहकहरूको यात्रा सजिलो होस् भन्ने उद्देश्यले ल्याएको बैंकले जनाएको छ । 

यस अफरको बारेमा थप जानकारीका लागि बैंकको कल सेन्टर ०१५९७०१७० वा नजिकैको शाखामा सम्पर्क गर्न सकिने छ ।

बैंकले हाल देशभरि २०१ शाखाहरू, १८७ एटिएमहरू र ११ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?