४ केन्द्रीय सदस्यहित ९ जनालाई जनमत पार्टीले सोध्यो स्पष्टीकरण

लोकपथ
28
Shares

काठमाडौं । सिके राउत नेतृत्वको जनमत पार्टीले पार्टीका ४ केन्द्रीय सदस्यसहित ८ जनालाई स्पष्टीकरण सोधेको छ ।

गत असोज ५ गते जिल्ला समन्वय समिति महोत्तरीको हलमा भएको प्रशिक्षण तथा शुभकामना आदानप्रदान कार्यक्रममा होहल्ला गरेको भन्दै उनीहरुलाई ७ दिने स्पष्टीकरण सोधेको हो ।

पार्टीका उपाध्यक्ष समेत रहेका केन्द्रीय अनुशासन विभागका प्रमुख ई. दिपक कुमार साहले विज्ञप्ति जारी गर्दै ७ दिनभित्र लिखित स्पष्टीकरण दिन आग्रह गरेका छन् ।

जसमा केन्द्रीय सदस्यहरु दिपेन्द्र मधेशी, कोमल यादव, इन्द्रपसाद सिंह र सुरेश ठाकुर तथा साधारण सदस्यहरु राम जीवन शाह, संतोष कुमार यादव र सिंहेश्वर मण्डलसहित जलेश्वर नगरपालिकाका पार्टी सचिव संजित यादव रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?