स्रोत नखुलेको रकमसहित दुई जना पक्राउ

लोकपथ
91
Shares

मोरङ । विराटनगर महानगरपालिका–१७ स्थित मटेरूवाबाट स्रोत नखुलेको नगद ७ लाख रुपैयाँसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा सोही महानगरपालिका–७ बस्ने २४ वर्षीय सुशान्त यादव र भारत अररिया जोगवनी–३२ बस्ने ३४ वर्षीय सानतुन राय रहेका छन् ।

अस्थायी प्रहरी पोस्ट मटेरूवाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.३९ प ६००२ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा चालक सुशान्त साथबाट ३ लाख र स्कुटरमा सवार सानतुनको साथबाट ४ लाख रुपैयाँ फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?