दुर्गा प्रसाईँको रिटमा कारण देखाउ आदेश जारी

लोकपथ
203
Shares

काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईँका तर्फबाट दायर गरिएको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा लिखित जवाफसहित कारण देखाउ आदेश गरेको छ ।

न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले आज उक्त रिट निवेदनमा प्रारम्भिक सुनुवाइ गर्दै १५ दिनभित्र लिखित जवाफसहित कारण देखाउ आदेश गरेको हो ।

मेडिकल व्यवसायी प्रसाईँलाई आइतबार प्रहरीले पक्राउ गरेको थियो । गैरकानुनी रूपमा थुनामा राखिएको उल्लेख गर्दै प्रसाईँका छोरा निराजन प्रसाईँले बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दायर गरेका थिए ।

उक्त रिट निवेदनमाथिको सुनुवाइपछि अदालतले कारण देखाउ आदेश गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?