बागलुङमा ७ सय ९८ जनामा डेंगु संक्रमण

लोकपथ
21
Shares

बागलुङ । बागलुङमा साउनयता सात सय ९८ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । यो तथ्याङ्क जिल्लाको सरकारी अस्पताल तथा निजी प्रयोगशालामा गरिएको डेंगु परीक्षणको हो । 

बागलुङको धौलागिरि अस्पतालमा ६ जना डेंगुका जटिल बिरामी उपचाररत छन् भने केही बिरामीहरू घरमै आराम गरिरहका छन् । स्वास्थ्य कार्यालय बागलुङमा परीक्षण गरिएकामा तीन सय ३८ जना र निजी प्रयोगशालामा गरिएको परीक्षणमा चार सय ६० जनामा डेंगु संक्रमण देखिएको हो ।

डेंगु संक्रमण पछिल्लो हप्तामात्रै दोब्बरले वृद्धि भएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख बाबुराम आचार्यले बताए। डेंगुका सबैभन्दा बढी बिरामी धौलागिरि अस्पतालमा देखिएका छन् । अस्पतालमा अहिले ज्वरोका बिरामीले शय्या भरिएको छ । 

धौलागिरि अस्पतालको प्रयोगशालामा मात्रै दुई सय ३२ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ । यस्तै गलकोट नगर अस्पतालमा ७६ जना, बुर्तिवाङ स्वास्थ्य चौकीमा २८ जना र कुश्मिसेरा प्राथमिक स्वास्थ्य चौकीमा दुई जनामा डेंगु पुष्टि भएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख बाबुराम आचार्यले जानकारी दिए । 

जिल्ला सदरमुकाम बागलुङ बजारको सपना प्रयोगशालामा एक सय, केसी प्रयोगशालामा एक सय केयर डाइनेष्टिक प्रालिमा ७७, बागलुङ प्रयोगशालामा ५६, न्युरो केयर क्लिनिकमा ५०, झरना मेडिकल प्रयोगशालामा ३५, गोल्डेनगेट प्रयोगशालामा २५, धौलागिरि प्रयोगशालामा १० र सफल पोलिक्ल्निक प्रालिमा सात जनामा डेंगु संक्रमण पुष्टि भएको जनाइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?