निर्वाचित भएको ४ दिनमै श्रीलंकाका राष्ट्रपति दिसानायकेले गरे संसद् भंग

लोकपथ
217
Shares

काठमाडौं । श्रीलंकाका राष्ट्रपति अनुरा कुमारा दिसानायकेले त्यहाँको संसद् भंग गरेका छन् ।

श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति दिसानायकेले ऋणमा डुबेको देशलाई नयाँ मार्गमा लैजानका लागि संसद् भंग गर्दै नयाँ निर्वाचनको समेत घोषणा गरेका छन् ।

आगामी नोभेम्बर १४ गते अर्थात् मंसिर २१ गते संसद्को आम निर्वाचन गर्ने सूचना समेत जारी गरिएको छ ।

उनको गठबन्धन नेशनल पिपुल्स पार्टीसँग हालको संसद्मा कायम रहेको २२५ सिटमध्ये ३ सिट मात्रै रहेको छ । दिसानायेकेलाई संसद्मा आफ्ना नीतिहरु कायम राख्न अप्ठेरो पर्ने भन्दै नयाँ जनादेशमा जान उचित देखेर नै निर्वाचनको घोषणा गरिएको दिसानायकेले उल्लेख गरेका छन् ।

उनी गन शनिबार मात्रै श्रीलंकाको राष्ट्रपतिमा निर्वाचित भएका थिए । उनी आफू राष्ट्रपतिमा निर्वाचित भएको ४ दिनमै संसद् भंग गरेका हुन् ।

राष्ट्रपति दिसानायकेले मंगलबार आफ्नो सहयोगी हरिणी अमरसूर्यालाई प्रधानमन्त्रीमा चयन गरेका थिए । योसँगै श्रीलंकामा तेस्रो महिला प्रधानमन्त्रीको स्थानमा अमरसूर्याले आफ्नो नाम लेखाउन सफल भएकी हुन् ।

आर्थिक संकटको सामना गरिरहेको श्रीलंकालाई आर्थिक रुपमा समृद्ध बनाउने नीति कडा रुपमा लिएका कारण नै दिसानायकेलाई राष्ट्रपतिका रुपमा मत आएको थियो ।

उनले अर्थतन्त्रलाई दिगो र समावेशी वृद्धिमा फर्काउने, स्थानीय र अन्तर्राष्ट्रिय बजारलाई आश्वस्त पार्ने, लगानीकर्तालाई आकर्षित गर्ने र २२ करोड जनसंख्याको एक चौथाईलाई गरिबीबाट माथि उठ्न मद्दत गर्ने सुनिश्चित गर्ने वाचा गरेका थिए ।

श्रीलंकामा पछिल्लो आम चुनाव अगस्ट २०२० मा भएको थियो । सांसदहरू पाँच वर्षको कार्यकालका लागि निर्वाचित हुन्छन् ।

एजेन्सीको सहयोगमा

यो पनि

कम्युनिष्ट झुकावका अनुरा श्रीलंकाको नयाँ राष्ट्रपति, को हुन् उनी ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?