निर्माण व्यवसायीको समस्या छिट्टै पूरा गर्ने उपप्रधानमन्त्री सिंहको प्रतिबद्धता

लोकपथ
35
Shares

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले कार्यवाहक प्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहलाई ज्ञापन पत्र बुझाएको छ ।

बुधबार सिंहदरबारमा उनीहरूले मन्त्री सिंहलाई ज्ञापन पत्र बुझाएका हुन् । निर्माण व्यवसायी महासंघको ज्ञापन पत्र बुझ्दै मन्त्री सिंहले निर्माण व्यवसायीहरूले धेरै अप्ठ्यारा चुनौतीहरूको सामना गर्नुपरेको बताए ।

उनले निर्माण व्यवसायीमा देखिएका समस्या चाँडो भन्दा चाँडो सरकारले समाधान गर्ने विश्वास व्यक्त गरे । उनले भने, ‘निर्माण व्यवसायीमा काम गर्दैगर्दा धेरै अप्ठ्याराहरू रहेका छन् । समग्र रूपमा नै निर्माण व्यवसायीहरूको काम गर्दाको चुनौतीहरू जुन सामना गरिरहनु भएको छ, यो निर्माण व्यवसायीहरूको मुख्य समस्या जुनमा छ त्यो सरकारले चाँडो भन्दा चाँडो विशेष ध्यान दिएर समाधान गर्ने छ ।’

साथै उनले राम्रो नतिजा आउने गरेर काम गर्ने समेत बताए । उनले काम गर्नको लागि सहजता हुने गरी सरकारले ऐनहरूमा र नीतिगत रूपमा संशोधन गर्नुपर्ने कुरामा ध्यान दिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?