धेरै दिनपछि शेयर बजारमा हरियाली, नेप्से परिसूचक ४९ अंकको वृद्धि

लोकपथ
91
Shares

काठमाडौं । केही दिनदेखि निरन्तर घटिरहेको धितोपत्र बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बुधबार सुधार देखिएको छ ।

आज ४९ दशमलव १८ अंकले नेप्से बढेर बजार परिसूचक २ हजार ५ सय १९ बिन्दुमा पुगेको हो ।

त्यस्तै आज कारोबार रकम भने घटेको छ । आज ४ अर्ब ८१ करोड ३२ लाख २३ हजार ४ रुपैयाँ बराबरको कारोबार भएको हो । यसअघि अघिल्लो कारोबार दिन ५ अर्ब ६८ करोड ९५ लाख रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम भने घटेको हो । त्यस्तै आज कुल १ करोड २४ लाख ९८ हजार ९ सय ८९ कित्ता शेयर कारोबार भएको नेप्सेले जनाएको छ ।

त्यसो त मंगलबार शेयर बजार ५८ अंकले गिरावट आएको थियो ।

नेप्सेका अनुसार आज कारोबारमा आएकामध्ये २२३ कम्पनीको शेयर मूल्यमा वृद्धि भएको र १८ कम्पनीको शेयर मूल्य घट्दा ३ कम्पनीको शेयर मूल्यमा कुनै परिवर्तन आएन ।

साथै आज कारोबारमा आएकामध्ये वीन नेपाल लघुवित्त वित्तीय संस्था, न्यादी हाइड्रोपावर लिमिटेड, यूनिक नेपाल लघुवित्त वित्तीय संस्था, सगरमाथा जलविद्युत कम्पनी लगायतका लगानीकर्ताहरुले धेरै नाफा कमाएका छन् । तर हिमालयन हाइड्रोवापर कम्पनी, स्वरोजगार लघुवित्त वित्तीय संस्था, ग्लोबल आइएमी ब्यालेन्स फण्ड, सिटिजन म्यूचुअल फण्ड लगायतका लगानीकर्ताहरुले धेरै गुमाएका छन् ।

पछिल्लो धेरै दिनदेखि शेयर बजारमा निरन्तर गिरावट आइरहेको थियो । चौथो कारोबार दिन बुधबार शेयर बजारमा हरियाली देखिएसँगै लगानीकर्ताहरुमा पनि उत्साह देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?