जसपा नेपालको ओखलढुंगामा अभियन्ता अभिमुखीकरण कार्यक्रम सुरु

लोकपथ
35
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको जनतासँग जसपा नेपाल आधारभूत संगठन निर्माण अभियानअन्तर्गत ओखलढुंगामा अभियन्ता अभिमुखीकरण सुरु भएको छ ।

पार्टीका अध्यक्ष उपेन्द्र यादवले बुधबार जिल्ला समन्वय समितिको सभाहलमा अभियानको उद्घाटन गरेका हुन् ।

जसपा नेपालले केन्द्रीय सदस्यहरूलाई पालिका समिति गठन, पुनर्गठनको जिम्मेवारीमा खटाएको छ । अभियानमा खटिएका अभियन्तालाई अभियानबारे प्रशिक्षण गर्न प्रदेश र जिल्लाहरूमा अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो ।

जसपा नेपालले सबै तहका पदाधिकारी एवं सदस्यहरूलाई सक्रियतापूर्वक संगठन सुदृढीकरण एवम् शुद्धिकरण कार्यमा निरन्तर लाग्न निर्देशन दिएको छ । यस अभियानमा असहयोग गर्ने, निष्क्रिय रहने, सहभागी नहुनेलाई मातहतका समितिले पार्टीको जिम्मेवारीबाट मुक्त गर्न सक्ने बताइएको छ ।

पार्टीका पदाधिकारी र कार्यकारिणी समिति सदस्यहरूलाई अभियानको समन्वय र अनुगमनको जिम्मेवारी तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?