अध्यागमनको ‘इमेज’ सुधार गर्न आवश्यक : गृहमन्त्री लेखक

लोकपथ
49
Shares

काठमाडौं । गृहमन्त्री रमेश लेखकले अध्यागमनको ‘इमेज’ सुधार गर्न आवश्यक रहेको बताएका छन् ।

बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको स्थलगत निरीक्षण गर्दै गृहमन्त्री लेखकले सो कुरा बताएका हुन्

अध्यागमन कार्यालय सम्बन्धी बाहिर नकारात्मक टिकाटिप्पणी हुने गरेको भन्दै विमानस्थलमा कार्यरत सरकारी अन्य संयन्त्रसित समन्वय गरेर काम गर्न उनले अध्यागमनका कर्मचारीहरूलाई निर्देशन समेत दिए ।

सो क्रममा अध्यागमनका कर्मचारीले अध्यागमन कार्यालयका लागि विमानस्थलभित्र ठाउँको अभाव र कार्यालयका लागि भौतिक संरचना सुधार एवं कर्मचारीहरूलाई समय क्रम अनुसार तालिम प्रशिक्षण आवश्यक रहेको बताएका थिए । अध्यागमन अनुगमनमा गृहमन्त्री लेखकसँगै गृह सचिव गोकर्णमणि दुवाडी समेत विमानस्थल पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?