राफेल भारानद्वारा सन्न्यासको घोषणा

लोकपथ
28
Shares

काठमाडौं । फ्रान्स, म्यानचेस्टर युनाइटेड र रियल मड्रिडका पूर्वसेन्टर ब्याक राफेल भारानले सन्न्यासको घोषणा गरेका छन् ।

३१ वर्षीय भारानेले बुधबार आफ्नो सामाजिक सञ्जाल इन्टाग्राममा लेख्दै सन्न्यासको घोषणा गरेका हुन् ।

सन २०१८ को विश्वकप फ्रान्सले जित्दा भारान प्रतियोगिताको उत्कृष्ट डिफेन्डर बनेका थिए ।

पछिल्लो समय भने उनी घुँडामा लागेको चोटका कारण मैदान बाहिर नै रहेका थिए ।

उनले रियललाई चार पटक च्याम्पियन्स लिग र तीन पटक स्पेनिस लिगको उपाधि दिलाएका थिए।

यसअघि नै सन् २०२२ को विश्वकपको फाइनलमा अर्जेन्टिनासँग पराजित भएपछि भारानेले फ्रान्सको राष्ट्रिय टोलीबाट सन्न्यास लिइसकेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?