मन्त्री चौधरी भन्छन्– ‘थारु समुदायमा शिक्षा र स्वास्थ्यको अवस्था कमजोर बन्दै गइरहेको छ’

लोकपथ
56
Shares

काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल  चौधरीले, थारु समुदायमा दिनप्रति दिन शिक्षा र स्वास्थ्यको अवस्था कमजोर बन्दै गइरहेको बताएका छन् । 

बुधबार काठमाडौंमा आयोजित आदिवासी थारुको राष्ट्रिय पर्व जितिया महोत्सव २०८१ लाई सम्बोधन गर्दै उनले थारु समुदायमा दिनप्रति दिन शिक्षा र स्वास्थ्यको अवस्था कमजोर बन्दै गइरहेको भन्दै आफ्नो छोराछोरीलाई लगाम लगाउन सम्पूर्ण अविभावकहरुलाई आग्रह गरे । 

उनले भने, ‘आफ्नो छोराछोरीलाई चोट पटक नलागोस् भनेर मात्र होइन । शिक्षा पनि राम्रो होस् भनेर बस्नुहोला । थारु समाजमा दिनप्रति दिन शिक्षा, स्वास्थ्यको अवस्था कमजोर रहेको महसुस भइरहेको छ । सानोमा एकदमै राम्रो पढेको हुन्छ तर जति ठुलो हुन्छ, त्यति विद्यार्थीहरू कमजोर हुँदै जान्छ । त्यसैले म आग्रह गर्न चाहन्छु । तपाइको छोराछोरीलाई लगाम लगाइदिनु होला ।’

उनले वर्तमान सरकारले सहकारी पीडितहरूको समस्या चाँडै सम्बोधन गर्ने भन्दै जनताको हितको लागि सरकार अग्रसर रहेको बताए । 

उनले भने, ‘म सरकारको मन्त्री भएको नाताले सबैभन्दा पहिले सुशासन कायम गर्ने कुरामा मेरो अहम भूमिका छ । सहकारी पीडितहरूको समस्या पनि सरकारले चाँडै सम्बोधन गर्छ । जनताको हितको लागि सरकार सधैँ अग्रसर छ ।’

उनले जितिया पर्वलाई देशमा मात्र नभएर अन्तर्राष्ट्रिय स्तरमा भव्य रूपमा मनाउनु पर्ने धारणा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?