आईसीसी वरीयतामा सन्दीपले फड्को मार्दा नेपाली टिम भने १ स्थान तल खस्कियो

लोकपथ
588
Shares

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सन्दीप लामिछानेको ओडिआई क्रिकेटको अलराउन्डर वरियतामा सुधार भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले जारी गरेको पछिल्लो वरियता अनुसार लामिछानेले ४१ औँ स्थानमा उक्लिएका हुन् । पछिल्लो वरियतापछि लामिछानेले एकै पटक २२ स्थान सुधार गर्दै ४१औँ स्थानमा उक्लिएका छन् ।

त्यस्तै, अलराउन्डर वरीयतामा नेपालका दीपेन्द्र सिंह ऐरी ४८औँ, कुशल मल्ल ५१ औं तथा सोमपाल कामी ५३ औं स्थानमा छन् । आईसिसीले जारी गरेको बलिङ तर्फको वरियतामा भने सन्दीप ४८औँ स्थानमा यथावत रहेका छन् ।

ओडीआई वरियतामा नेपाली टिम भने १ स्थान तल खस्किएको छ । यसअघि १६ औँ स्थानमा रहेको नेपाल नयाँ वरियतामा १७ औँ स्थानमा छ । वरियतामा भारत पहिलो, अष्ट्रेलिया दोस्रो, दक्षिण अफ्रिका तेस्रो, पाकिस्तान चौथो र न्युजिल्यान्ड पाँचौं स्थानमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?