शिव परियार र एलिना चौहान एकअर्काको प्रशंसामा

लोकपथ
210
Shares

काठमाडौं । पछिल्लो समय गायक गायिका, नायक नायिका एक अर्काको आलोचनामा रमाइरहँदा गायक शिव परियार र गायिका एलिना चौहान भने एक अर्काको प्रशंसामा देखिएका छन् ।

एक ‘पड काष्ट’मा गायिका चौहानले शिव परियारको आफू खुट्टामा राख्दा पनि नसुहाउने भन्दै प्रशंसा गरेकी थिइन् । शिवले धेरै संगीत साधना गरेको भन्दै उनले प्रशंसा गरिन् ।

‘शिव परियारसँग म कम्पियर गर्न लायक छैन । म खुट्टामा पनि सुहाउँदिन, उहाँ त्यति साधक, त्यति सिकेको, त्यति जान्ने उहाँसँग कम्पियर त एकरत्ति पनि गर्न मिल्दैन क्या । उहाँ त गुरु जस्तै हो मेरो त,’ एलिनाले भनेकी छिन् ।

एलिनाको भनाइको उक्त क्लिप सार्वजनिक गर्दै गायक परियारले शिरमा सजाउन लायक रहेको भन्दै प्रशंसा गरेका छन् ।

‘बहिनी तपाई सधैं हाम्रो शिरमा सजाउँन लायक हुनुहुन्छ,’ उनले भनेका छन् ।

साथै उनले कलाकारहरु एक अर्काको आलोचना र नकारात्मक धारणा व्यक्त गरिरहँदा एलिनाले सकारात्मक सन्देश दिएको भन्दै प्रशंसा गरे ।

परियारले सामाजिक सञ्जालमा लेखेका छन् :

“बहिनी तपाई सधैं हाम्रो शिरमा सजाउँन लायक हुनुहुन्छ” प्यारि बहिनी एलिना, धोकेबाज गीतको बनिबनाउँ बिबाद रहँदाका समयमा हामी एक अर्कालाई एक अर्काप्रति आक्षेप लगाएको केहि खुराक आईपो हाल्छ की भनेर त्यसबेला प्रभावित पार्न निक्कै कोशिस गरिएको थियो । तर बैनीले पनि म प्रति कुनै नकारात्मक भावना व्यक्त गर्नु भएन र मैले पनि बहिनीप्रति कुनै नकारात्मक भावना व्यक्त गरिन । त्यसबेला हामीलाई पकाउँने प्रयास चैं साह्रै निक्कै नै गरिएको थियो । गर्दै नगर्नु पर्ने बिषयको बिबाद निकालिएको थियो । हामी आफ्ना दर्शक श्रोताहरुलाई सम्झाउँदा सम्झाउँदा थाकेको अवस्था पनि थियो । बहिनीप्रति त्यसबेला पनि मेरो कुनै बैरभाव ,असम्मान रहेन र अहिले पनि छैन । जहाँ नारिको सम्मान हुन्छ त्यहाँ स्वयं परमात्मा पनि खुशी हुनुहुन्छ । तपाई नेपाली सङ्गीतको फूलबारिमा फूलेको सुन्दर फूल हो । नेपाली सङ्गीतको भविश्य पूस्ता हो । बहिनीले मेरो साङ्गीतिक यात्राप्रति सदासयता र सम्मान व्यक्त गर्दा बोलेको भाव । मलाई शिव दाईको खुट्टामा बान्दा पनि म सुहाउँदिनु भन्ने । शब्दले चैं मलाई अलिक गाह्रो बनायो । सम्मान व्यक्त गर्दा यो शब्द नबोलेको भए पनि फरक पर्ने थिएन । यद्दपि म प्रति सम्मान व्यक्त गर्न बहिनीले बोल्नु भएको समग्र भावको प्रति उत्तरमा यहि भन्न चाहान्छु ‘बहिनी तपाई सधैं हाम्रो शिरमा सजाउँन लायक हुनुहुन्छ । तपाई लगायत तपाईको पुस्ता नेपाली सङ्गीतमा धेरै आशा राखिएको भावि पुस्ता हो । ।म बाट बहिनी अनि यहाँको सफल सङ्गीत यात्राको आत्मै देखि शुभकामना छ सदैव बहिनीप्रति सदभाव अनि सम्मान । बहिनीको यो पोड्कास्ट सुनिसकेपछि म यति नलेखि रहँन सकिन ।

केही वर्ष अघि एलिनाले गाएको धोकेबाज हौ तिमी गीतलाई लिएर दुई जनाबीच केही प्रतिष्पर्धा चलेको थियो । शिव परियारले गाएको उक्त गीतको मेल भर्सनमा एलिनाले गाएपछि चर्चामा रहेको थियो । किनकी शिवले गाएको भन्दै एलिनाले गाएको गीतले देश विदेशमा समेत चर्चा चुलिएको थियो । उक्त गीतलाई लिएर आफूहरुलाई एकअर्काप्रति नकारात्मक बनाउनका लागि धेरै जना लागिपरेको भन्दै त्यसबाट आफूहरु प्रभावित नभएको समेत स्मरण गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?