दुर्गा प्रसाईँलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

लोकपथ
35
Shares

काठमाडौं । साइबर अपराधको कसुरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई थुनामा राख्न ५ दिनको म्याद थप भएको छ ।

जिल्ला अदालत काठमाडौंले आज उनीमाथि अनुसन्धानका लागि ५ दिन थुनामा राख्न अनुमति दिएको हो ।

प्रसाईँलाई गत आइतबार प्रहरीले निवासबाटै पक्राउ गरेको थियो । उनी अस्पतालमा म्याद गुजारिरहेका छन् ।

महिलामाथि चरित्रहत्या गर्ने अभिव्यक्तिपछि साइबर ब्यूरोमा उजुरी परेको सँगै उनलाई प्रहरीले पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?