पोखराको पुम्दीभुम्दीमा भोलि पर्वतीय दौड प्रतियोगिता, १०४ जना धावकले भाग लिने

लोकपथ
70
Shares

पोखरा । पोखराको पुम्दीभुम्दीमा भोलि शनिबार हुने प्रथम पर्वतीय दौड प्रतियोगितामा १०४ जना धावकले भाग लिने भएका छन् ।


प्रतियोगितामा नेपालसहित बेलायत र ब्राजिलका गरी ३ राष्ट्रका ७१ पुरुष र ३३ महिला धावकले भाग लिने भएका हुन् ।


प्रतियोगिता संयोजक दीननाथ बरालले विश्व शान्ति स्तुपदेखि सुरु भई पुम्दीकोट विशाल महादेवको मूर्ति परिक्रमा गरी पोखरा वडा २२ कार्यालय हुँदै बुद्ध पार्क (निगाले डाँडा) सम्म पुगेर टुंगिने ८ किमी उक्त दौड प्रतियोगितामा खुला, महिला, पोखरा २२ वडास्तरीय र यू–१६ गरी ४ इभेन्ट समावेश गरिएको बताए ।

खुलातर्फ प्रथमलाई २५ हजार, दोस्रोलाई १५ हजार र तेस्रोलाई ७ हजार साथमा ट्रफी र प्रमाणपत्र पुरस्कार प्रदान गरिनेछ । महिला धावक र यू–१६ बालबालिका, पोखरा २२ का वडा धावकमध्ये उत्कृष्ट एक–एक जनालाई नगद ७ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ ।

सो अवसरमा पर्यटन उद्यम र समाजसेवा क्षेत्रतर्फबाट विशेष योगदान पुर्‍याएकोमा समाजसेवी तथा उद्यमी चन्द्रकान्त बराल र ब्रिटिस आर्मीका पूर्व लेफ्टिनेन्ट तथा मलेसियाको माउन्ट किनाबालु हाफ म्याराथनमा ह्याट्रिक गर्न कुसान गुरुङलाई विशिष्ट सम्मान गरिनेछ ।

पोखरा २२ का वडाध्यक्ष हिमलाल बरालले दौडका लागि ट्र्याक मर्मत गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?