दुई महिनामा ६ अर्ब ७० करोड ८१ लाख रुपैयाँको मोबाइल भित्रियो

लोकपथ
42
Shares

काठमाडौं । चाडपर्वलाई लक्षित गर्दै मोबाइल व्यवसायीहरुले विभिन्न अफरहरु सार्वजनिक गरे सँगै मोबाइलको आयात पनि बढेको छ ।

भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो दुई महिनामा ६ अर्ब ७० करोड ८१ लाख रुपैयाँ भन्सार मूल्यका ४ लाख ५४ हजार ९ सय वटा मोबाइल नेपाल भित्रिएको छ ।

साउन र भदौमा भित्रिएका मोबाइल दसैँ तिहारलाई लक्षित गरेरै भित्रिएको अनुमान गरिएको छ । गत वर्षको पहिलो दुई महिनाको तुलनामा यो वर्षको सोही अवधिमा एक अर्ब ३४ करोड भन्दा बढी भन्सार मूल्यका मोबाइल नेपाली बजारमा भित्रिएका छन् ।

गत वर्षको तुलनमा यस वर्ष दसैँलाई लक्षित गरेका कारण साउन र भदौमा ८८ हजार ४ सय वटा वढी मोबाइल भित्रिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?