गृहमन्त्री लेखकले बोलाए केन्द्रीय सुरक्षा समितिको बैठक

लोकपथ
63
Shares

काठमाडौं । गृहमन्त्री रमेश लेखकले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् ।

अविरल वर्षाका कारण आइरहेको बाढीपहिरोसहित प्राकतिक प्रकोपमा परेका नागरिकको तत्काल उद्धार र राहतका लागि बैठक आह्वान गरेका हुन् ।

मुलुकका विभिन्न स्थानमा भइरहेको वर्षा,बाढी पहिरो र डुबानको समस्याबाट जनधनको क्षति हुनका साथै प्राकृतिक जोखिमबाट जनजीवन अस्तव्यस्त बनेको परिस्थितिमा सर्तक रहन र सुरक्षित स्थानमा बसी उच्च सर्तकता अपनाउन आग्रह समेत गरेका छन् ।

गृहमन्त्रीको सचिवालयका अनुसार बैठक शनिबार बिहान १०ः३० बजे सिंहदरवारस्थित गृहमन्त्रालयमा बस्दै छ ।

बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण देशभरको जनजीवन प्रभावित बनेको छ । हालसम्म बाढी पहिरोका कारण ८ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?