बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या ११ पुग्यो, १३ जना बेपत्ता (विवरणसहित)

लोकपथ
77
Shares

काठमाडौं । बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी हालसम्म मृत्यु हुनेको संख्या ११ पुगेको छ ।

प्रहरीको तथ्यांक अनुसार हालसम्म देशका विभिन्न स्थानमा मृत्यु हुनेको संख्या ११ पुगेको र १३ जना अझै बेपत्ता रहेका छन् ।

मृत्यु हुनेहरुमा पाँचथर र धनकुटामा २–२ जना झापा, काठमाडौं, ललितपुर र सिन्धुलीमा १–१ जना र काभ्रेका ३ जना रहेका छन् ।

त्यस्तै हालसम्म देशभरका १६२ घरमा क्षति भएको छ भने बाढीमा फसेका ७६४ जनाको शकुसल उद्धार गरिएको प्रहरीले जनाएको छ ।

अविरल वर्षाका कारण देशका मुख्यमुख्य राजमार्गहरु बन्द भएका छन् । सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाको ठुलो संख्यामा उद्धार टोली खटाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?