विपद् व्यवस्थापनका लागि बालेनले परिचालन गरे ३ सय नगर प्रहरी

लोकपथ
42
Shares

काठमाडौं । अविरल वर्षाका कारण आएको बाढीपहिरो र डुबानबाट नागरिकको उद्धारका लागि काठमाडौं महानगरपालिकाले नगर प्रहरी परिचालन गरेको छ ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले विपद् व्यवस्थापनका लागि महानगर प्रहरीको १७ वटा टोली परिचालन गरिएको बताए ।

उक्त टोलीमा अधिकृत र जवान गरी ३ सय जना रहेको उनले जानकारी दिए ।

वंशीघाट (विश्व निकेतन विद्यालय पछाडि), कुशेश्वर, कपुर धारा, जडिबुटी, टेकु, स्वयम्भू, बसुन्धारा, कपन, शंखमुल, न्युरोड, गणेशस्थानलगायत स्थानको समस्या समाधान भइरहेको बालेनले बताए ।

त्यस्तै आपतकालीन अवस्थामा अस्पताल जानु परेमा १०२ मा सम्पर्क गरेर निशुल्क एम्बुलेन्सको सुविधा लिन सकिने समेत उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?