लामो यात्रा गर्दै हुनुहुन्छ ? यी सडक पहिरोले थुनिएका छन्

लोकपथ
294
Shares

काठमाडौं । बिहीबार साँझदेखिको अविरल वर्षाका कारण कारण देशका विभिन्न भूभाग डुवानमा परेका छन् ।

देशका पहाडी क्षेमा पहिरो तथा तराईमा बाढीले वितण्डा मच्चाएको छ ।

वर्षाका कारण आएको बाढी र पहिरोले विभिन्न राजमार्ग समेत अवरुद्ध भएका छन् ।
लगातारको वर्षाले काठमाडौं–नागढुङ्गा–चितवन सडक, काठमाडौं–धुलिखेल–सिन्धुली, मुग्लिङ–पोखरा, चितवन–बुटवल,

धुलिखेल–खावा–दोलखा सडकखण्ड अवरुद्ध भएका छन् ।

यस्तै, बेनी–मुस्ताङ, कैलाली–बझाङ–बाजुरा, झापा–इलाम (मेची राजमार्ग) तथा काठमाडौं–हेटौंडा राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

अन्य धेरै सडकखण्डहरु एकतर्फी रुपमा सञ्चालन भइरहेका छन् । अविरल वर्षाका कारण लामो दुरिको यात्रा नगर्न मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?