उपत्यकाका तीन जिल्लामा बाढीबाट २३ जनाको मृत्यु, ३ बेपत्ता

लोकपथ
98
Shares
तस्बिरः सामाजिक सञ्जाल

काठमाडौं । बिहीबार साँझदेखि परिरहेको अविरल वर्षाका कारण काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्र २३ जनाको मृत्यु भएको छ ।

उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी विनोद घिमिरेका अनुसार, बाढीमा परेर काठमाडौं, ललितपुर र भक्तपुरमा गरेर २३ जनाको मृत्यु भएको हो ।

घिमिरेका अनुसार, तीन जिल्लामा गरेर ३ जना बेपत्ता छन् ।

ललितपुरमा हेलिकोप्टरबाट उद्दार भैइरहेको घिमिरेले बताए । तीनवटै सुरक्षा निकायका सेना,प्रहरी र सशस्त्रको टोली उद्दारमा खटिएको छ । साथै काठमाडौं महानगरपालिकाले समेत १७ वटा टोली उद्दारमा खटाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?