काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बाढीपहिरो र विपद्को जोखिमबारे प्रभावकारी कदम चाल्न आकस्मिक बैठक बोलाएका छन् ।
उपप्रधान एवं शहरी विकासमन्त्री समेत रहेका सिंहले मन्त्री, सचिव र सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गरेका हुन् ।
केहीबेरअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक बसिरहेको सिंहको सचिवालयले जनाएको छ ।
‘अविरल वर्षाका कारण सिर्जित विपदबारे मन्त्री, सचिव र सुरक्षा निकायका प्रमुखहरुसँग प्रधानमन्त्री कार्यालयमा छलफल सुरु भएको छ । कार्यवाहक प्रधानमन्त्रीज्यूले आकस्मिक रूपमा बैठक बोलाउनुभएको हो,’ उनको सचिवालयले भनेको छ ।
बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण देशभरको जनजीवन प्रभावित भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया