बाढीपहिरो अपडेट : उपत्यकाका ३ जिल्लामा मात्रै ३२ जनाको मृत्यु

लोकपथ
210
Shares

काठमाडौं । बिहीबारदेखि परेको अविरल वर्षाको कारण आएको बाढीमा परी काठमाडौं उपत्यकामा ठुलो धनजनको क्षति भएको छ ।

हालसम्म काठमाडौं उपत्यकामा मात्रै ३२ जनाको मृत्यु भएको गृहमन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा बाढीमा परी ११ जनाको मृत्यु भएको छ । त्यस्तै भक्तपुरमा ५ र ललितपुरमा १६ जनाको मृत्यु भएको हो ।

हालसम्म काठमाडौं उपत्यकामा बाढीमा परी १७ जना घाइते भएका छन् भने १ हजार ५३ जनाको उद्धार गरिएको छ । साथै काठमाडौंमा मात्रै १ हजार २ सय ४४ घर डुवानमा परेका छन् ।

काठमाडौंमा उपत्यकामा मात्रै उद्धार र राहतको लागि ५ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको मन्त्रालयले जनाएको छ ।

अविरल वर्षाका कारण देशभरको जनजीवन प्रभावित बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?