चलिरहेका सबै परीक्षा स्थगित गर्ने सरकारको निर्णय

लोकपथ
301
Shares

काठमाडौं । भारी वर्षापछि भएको प्राकृतिक विपत्तिका कारण सबै परीक्षाहरु स्थगित भएका छन् ।

कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले आह्वान गरेको आकस्मिक बैठकले हाल चलिरहेका सबै परीक्षाहरु स्थगत गर्ने निर्णय गरेको हो ।

बैठकपछि बोल्दै सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले सो कुरा जानकारी दिए ।

‘भारी वर्षाका कारण जुन खालको समस्या पैदा भएको छ । अहिले भइरहेको परीक्षाहरु हाललाई स्थगन गर्ने निर्णय भएको छ ,’ उनले भने ।

त्यस्तै बाढीपहिरो लगायतका विपत्तिबाट भएका घाइतेहरुको सरकारले निशुल्क उपचार गर्ने, रातह पुर्याउनको निर्णय भएको उनले बताए ।

साथै देशभर अवरुद्ध सडक तथा राजमार्गहरु अविलम्व खोल्ने निर्णय भएको समेत उनले बताए । ‘तत्काल अविलम्ब अवरुद्ध सडकहरु खोल्न पहल गर्ने निर्णय भएको र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पहल कदमी लिनुपर्ने,’ उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?