डा. रेणुका सोलुको ‘तुइन जिन्दगी’ सार्वजनिक

लोकपथ
77
Shares

काठमाडौं । साहित्यकार डा. रेणुका सोलुको ‘तुइन जिन्दगी’ पुस्तक सार्वजनिक भएको छ ।

शुक्रबार ललितपुरस्थित इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोकमा एक भव्य कार्यक्रमका बीच पुस्तक सार्वजनिक भएको हो ।

पुस्तक लेखक डा. दामोदर पुडासैनी, डा. गीता त्रिपाठी, ज्ञानु अधिकारी, अशेष मल्ल, गगन थापालगायतले संयुक्त रूपमा सार्वजनिक गरेका हुन् ।

पुस्तकबारे परिचर्चासमेत भएको थियो । डा. दामोदर पुडासैनी, डा. गीता त्रिपाठी, ज्ञानु अधिकारी र लेखक स्वयम् सोलुले परिचर्चामा भाग लिएका थिए ।

पुस्तकमाथि चर्चा गर्दै उनीहरूले डा. सोलुले लेखेको ‘तुइन जिन्दगी’ पुस्तकले समग्रतामा नेपाली जीवन बोल्ने बताए ।

डा. सोलुको यो एघारौं कृति हो । यसअघि उनले ‘भीरमह’, ‘चिराक’लगायतका १० वटा कृति सार्वजनिक गरिसकेकी छन् ।

मानव अधिकारकर्मीसमेत रहेकी डा. सोलुले खासगरी सामाजिक जीवनमाथि अनेकन् कोणबाट लेख्ने गर्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?