बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या ६० पुग्यो, ६४ जना अझै बेपत्ता

लोकपथ
203
Shares

काठमाडौं । बिहीबार साँझदेखि परेको अविरल वर्षापछि आएको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या ६० पुगेको छ । त्यस्तै बाढीपहिरो लगायत प्राकृतिक विपत्तिमा परी हालसम्म ६४ जना हराइरहेका छन् ।

विपद्को उद्धार तथा राहतमा जुटिरहेको सशस्त्र प्रहरी बलले देशभरबाट आएको सूचनाका आधारमा ६० जनाको मृत्यु भएको पुष्टि गरेको हो ।

बाढीपहिरोमा परी पाँचथरमा ५, धनकुटामा २, काठमाडौंमा ११, भक्तपुरमा ५, ललितपुरमा १८, काभ्रेमा १४, धादिङमा १ सिन्धुपाल्चोकमा २ र दोलखामा २ जनाको मृत्यु भएको छ । यस्तै घटनामा ३४ जना घाइते भएको सशस्त्रका सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

त्यस्तै देशभरबाट २ हजार १०३ जनाको सकुशल उद्धार समेत गरिएको छ ।

अविलर वर्षापछिको बाढीपहिरोमा परी देशभरको जनजीवन प्रभावित भएको छ । देशका केही स्थानहरुमा पानी परिरहे पनि काठमाडौं उपत्यकामा भने अहिले मौसम सफा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?