लगातार उकालो लागेको सुनको मूल्य घट्यो

लोकपथ
364
Shares

काठमाडौं । साताको पहिलो कारोबार दिन आज (आइतबार) नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ । लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आइतबार भने ६ सय रुपैयाँले घटेको हो ।

यसअघिको हप्ता सुन लगातार बढिरहेको थियो भने आज यस हप्ताको सुरुको दिनमा सुन घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला १ लाख ६० हजार ६ सय रुपैयाँ पुगेको छ ।

शुक्रबार सुन प्रतितोला १ लाख ६१ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला ६ सय रुपैयाँ कम हो ।

त्यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ ।शुक्रबार प्रतितोला १९ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले घटेर १९ सय ४५ मूल्यमा किनबेच भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?