जलसतह घटेपछि कुलेखानी बाँधको ढोका बन्द गरियो

लोकपथ
140
Shares

काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी प्रथम जलविद्युत् आयोजनाको जलाशय (इन्द्रसरोवर ताल) को ढोका बन्द गरिएको छ । 

जलाशयमा क्षमताभन्दा बढी पानी भरिएपछि बाँधको सुरक्षाका लागि शनिबार बिहान आयोजनाको दुई ढोका खोलेर पानी बाहिर निकालिएको थियो । 

बाँध खोलेर जलाशयको पानीलाई निकासा दिएपछि जलसतह केही घटेकाले आज ढोका बन्द गरिएको कुलेखानी प्रथम जलविद्युत् आयोजनाका प्रमुख तारादत्त भट्टले जानकारी दिए ।

उनका अनुसार कुलेखानीको जलाशयमा कुल एक हजार पाँच सय ३० मिलिमिटर पानी भण्डारण गर्ने क्षमता भएपनि शनिबार एक हजार पाँच सय ३१ मिलिमिटर पानी भरिएर खतराको संकेत देखिएपछि दुई ढोका खोलिएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?