२०० बिलियन डलरको विशेष क्लबमा फेसबुकका सीईओ

लोकपथ
91
Shares

काठमाडौं । सामाजिक सञ्जाल कम्पनी फेसबुकको मातृ कम्पनी मेटाका प्रमुख कार्यकारी अधिकारी (सीईओ) मार्क जुकरबर्ग २०० बिलियन डलरको मालिक भएको भन्दै समाचार संस्था सीएनएनले आफ्नो वेबसाइटमा समाचार प्रकाशित गरेको छ । उनी २०० बिलियन डलर क्लबमा छिर्ने चौथो व्यक्ति भएको पनि समाचारमा उल्लेख छ ।

ब्लुम्बर्गको बिलेयिनर्स इन्डेक्सको ताजा तथ्यांकअनुसार उनको नेटवर्थ २ खर्ब १ अर्ब डलर रहेकोमा चालु वित्त वर्षको हालसम्ममा उनको कुल नेटवर्थ ७३ अर्ब ४० करोड डलर बढिसकेको छ ।

४० वर्षीय जुकरबर्गले सन् २००४ मा फेसबुक स्थापना गरेका थिए । अमेरिकी धितोपत्र बजारमा हालसम्ममा उक्त कम्पनीको शेयर मूल्य ६४ प्रतिशतले बढिसकेको छ । मेटाले फेसबुक, इन्ष्टाग्राम, थ्रेड्सलगायतका चर्चित सामाजिक सञ्जाल र इन्ष्ट्यान्ट म्यासेजिङ एप ह्वाट्स एप सञ्चालन गरिरहेको छ । ती सामाजिक सञ्जालहरु विश्वभर सर्वसाधारणमा लोकप्रिय छन् ।

२०० बिलियन डलर क्लबमा यसअघि नै अमेरिकी विद्युतीय कार निर्माता कम्पनी टेस्लाका सीईओ एलन मस्क, एमाजनका मालिक जेफ बेजोस, फ्रान्सेली लक्जरी ब्रान्ड एलभीएचएमका सीईओ बर्नार्ड आर्नो प्रवेश गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?