के छ गण्डकी प्रदेश सरकारको साझा संकल्प र नीतिगत प्रतिबद्धतामा ? (पूर्णपाठ)

लोकपथ
35
Shares

काठमाडौं । गण्डकी प्रदेश सरकारले गठबन्धनमा आवद्ध दलहरुको साझा संकल्प र नीतिगत प्रतिबद्धता सार्वजनिक गरेका हुन् ।

कांग्रेसका सुरेन्द्रराज पाण्डे नेतृत्व सरकारले ‘आत्मनिर्भर र समुन्नत प्रदेश : सुखी प्रदेशवासी’ नाम दिइएको ५९ बुँदे प्रतिबद्धता सार्वजनिक गरेको हो ।

प्रतिबद्धतामा सदाचारयुक्त गण्डकी प्रदेश बनाउनका लागि भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति कडाइका साथ लागू गरिने समेत बताइएको छ । त्यस्तै निजी क्षेत्रलाई लगानीमैत्री वातावरण निर्माणका लागि आवश्यक व्यवस्था गरिने समेत उल्लेख गरिएको छ ।

प्रदेशवासीलाई आधारभूत खानेपानीको पहुँच सुनिश्चित गर्नका लागि ‘एक घर एक धारा’ कार्यक्रम लागू गर्ने तथा निर्माणाधीन अधुरा आयोजना सम्पन्न गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखिने समेत बताइएको छ ।

‘आधारभूत खानेपानीको पहुँच सुनिश्चित गर्न एक घर एक धारा कार्यक्रम र निर्माणाधिन अधुरा आयोजना सम्पन्न गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखिनेछ,’ जारी वक्तव्यमा भनिएको छ, ‘संघ र सम्बन्धित स्थानीय निकायहरुसँगको सहकार्यमा सूचना प्रविधिमा आधारित राष्ट्रिय खानेपानी, सरसफाइ तथा स्वच्छता व्यवस्थापन प्रणालीमा लगत राख्ने तथा अभिलेखीकरण गर्न गण्डकी प्रदेश खानेपानी, सरसफाइ तथा स्वच्छता कार्ययोजना तर्जुमा कार्यक्रमलाई निरन्तरता दिइनेछ ।’

साथै प्रदेश सरकारले सामूदायिक क्याम्पसहरुको स्तर सुधार गर्ने नीति अघि सारेको छ । जसका लागि सामुदायिक क्याम्पससँग प्रदेश सरकार कार्यक्रमलाई प्रभावकारी बनाउने बताइएको छ ।

गत असार १७ गते केन्द्रमा नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ समीकरण अनुसार सरकार बनाउने निर्णय गरेको थियो । तर लामो समयसम्म एमाले सरकारमा सामेल भएको थिए । गण्डकी प्रदेशमा भने भदौ १७ गते मात्रै एमाले र कांग्रेसबीच सहमति भइ सरकार निर्माण भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?