नेपाल टेलिकमकाे चाडपर्व अफर, के-के छन् सुविधा ?

लोकपथ
175
Shares

काठमाडौं । नेपाल टेलिकमले नेपालीहरूको महान चाड दसैँ, तिहार तथा छठलगायतका पर्वहरूको अवसरमा आफ्ना ग्राहकहरूका लागि दसैँ अफर २०८१ सार्वजनिक गरेको छ । 

आइतबारदेखि सुरु भई कार्तिक २३ गतेसम्म उपलब्ध हुने यो अफरमा सहुलियत दरका भ्वाइस, डाटा तथा एफटीटीएचका प्याकेजहरू रहेका छन् ।

अफरअन्तर्गत टेलिकमले साविकका एफटीटीएचका प्याकेजहरूमा साविककै मूल्यमा थप ब्यान्डविथ उपलब्ध गराएको छ । ५०, ७५, १००, १५० र २०० एमबीपीएस गतिका एफटीटीएच डाटा कम्बो प्याकेजहरूमा ५० प्रतिशतसम्म क्षमता अभिवृद्धि गरी क्रमशः ७५, १००, १२५, १७५ र २२५ एमबीपीएस ब्यान्डविथ कायम गरिएको छ । यो अफर उल्लेखित समयावधि भित्र नयाँ सेवा जडान गर्ने एवम् प्याकेज नवीकरण गर्ने सबै ग्राहकका लागि कायम रहनेछ । साथै एफटीटीएच नयाँ जडानमा जडान शुल्क ५०० मिनाहासमेत गरेको टेलिकमले जनाएको छ ।

यसैगरी दसैँ अफरअन्तर्गत नै जीएसएम सेवाका ग्राहकहरूका लागि ७९९ मा अल नेट अन लिमिटेड भ्वाइस सुविधा, ४५ जीबी डाटा र ५०० अल नेट एसएमएस सुविधा सहितको ७९९ सजिलो अन लिमिटेड प्याकेज सञ्चालन गरिएको छ ।

साथै २५० मा १००० मिनेट अल नेट भ्वाइस सुविधा सहितको १००० मिनेट अल नेट भ्वाइस कल अफर र ९९ मा १००० अन नेट एसएमएस सुविधाको १००० अन नेट एसएमएस प्याकेजसमेत सञ्चालनमा ल्याइएको छ । यी सबै प्याकेजहरूमा  प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनको समयावधि तोकिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?