सहकारी ठगी प्रकरण : ढोरपाटनका मेयर देवकुमारलाई बागलुङ लगियो

लोकपथ
49
Shares

काठमाडौं । इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेड र पोखरा सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था पोखराका सञ्चालक देवकुमार नेपालीलाई बागलुङ लगिएको छ ।

केही दिनअघि भारतमा पक्राउ गरिएको नेपालीलाई शनिबार नेपाल ल्याइएको थियो । बागलुङको ढोरपाटन नगरपालिकाका मेयर समेत रहेका नेपालीसहितका व्यक्ति मिलेर सहकारीको १ अर्ब ३८ करोड ६३ लाख १३ हजार ५२५ रुपैयाँ अपचलन गरेको आरोप रहेको छ ।

उनी रकम अपचलन गरेर फरार भइ लामो समयदेखि भारतमा बस्दै आएका थिए ।

२०८० साल माघ १० गते उनलाई पक्राउ गर्न रेड कर्नर नोटिस जारी गरिएको थियो । ०८० जेठ २४ गते जिल्ला अदालत बागलुङबाट पक्राउ पुर्जी जारी भएपछि उनीसहितका व्यक्तिहरु फरार रहेका थिए ।

शुक्रबार दिल्लीबाट पक्राउ गरिएसँगै उनलाई शनिबार नेपाल ल्याइएकोमा आज बागलुङ पठाइएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता एसपी होबिन्द्र बोगटीले जानकारी दिए ।

त्यस्तै प्रहरीले ओम प्रसाद दर्जीलाई समेत पक्राउ गरेको छ । देवकुमारसँगै पक्राउ परेका उनलाई पनि आज नै बागलुङ पठाइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?