काठमाडौं । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले देशभित्र तथा देश बाहिर बसोबास गर्ने नेपालीहरूको लागि विजया दशमीमा टीका लगाउने उत्तम साइत सार्वजनिक गरेको छ ।
विभिन्न देशबाट दसैँको टिकाको साइतबारे जिज्ञासा आएकाले आइतबार टिका लगाउने उत्तम साइत सार्वजनिक गरिएकाे समितिले जनाएको छ ।
जसअनुसार काठमाडौंमा असोज २६ गते परेको विजया दशमीमा टीका लगाउने साइत बिहान ११ः३६ बजेलाई उत्तम ठानेको छ ।
त्यस्तै भारतकाे दिल्लीमा अक्टोबर १२ बिहान ११ः४२ मा छ, अमेरिकाको न्यूयोर्कमा अक्टोबर १२ मा १०ः०१, केन्टुकीमा १०ः४५, टेक्सासमा १०ः०५, वासिङ्टनमा ९ः५५, क्यानडा टोरन्टोमा १०ः१५,भ्यानकुभरमा १०ः१७ र जापान टोकियोमा अक्टोबर १३ ११ः३५ बजे रहेको समितिले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया