काठमाडौं । बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन घाइते भएका छन् । शनिबार राति भएको खेलमा बायर्नले बायर लेभरकुसेनसँग १–१ गोलकको बराबरी गरेको थियो । सोही खेलको क्रममा केनको घुँडामा चोट लागेको हो।
खेलकै क्रममा घाइते भएपछि केनले खेलको ८६औँ मिनेटमा मैदान छाडेका थिए । च्याम्पियन्स लिग अन्तर्गतको खेलमा बायर्नले आगामी बुधबार एस्टन भिल्लाको सामना गर्दैछ । उक्त खेलमा केन मैदान उत्रने सम्भावना निकै न्यून रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया