सुनचाँदीको मूल्य घट्यो, तोलाको कति पुग्यो ?

लोकपथ
301
Shares

काठमाडौं । साताको दोस्रो कारोबार दिन आज (सोमबार) नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ । लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य सोमबार भने १ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला १ लाख ६० हजार ५ सय रुपैयाँ पुगेको छ । आइतबार सुन प्रतितोला १ लाख ६० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ । आइतबार प्रतितोला १९ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले घटेर १९ सय ४० मूल्यमा किनबेच भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?