प्रधानन्यायाधीशमा सिफारिस राउतविरुद्ध संसदीय सुनुवाइ समितिमा ६ वटा उजुरी

आज दिउँसो १ बजे समिति बैठक बस्दै

लोकपथ
70
Shares

काठमाडौं । प्रधानन्यायाधीशमा सिफारिस प्रकाशमान सिंह राउतविरुद्ध संसदीय सुनुवाइ समितिमा ६ वटा उजुरी परेको छ ।

गत भदौ ३१ गते बसेको संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतको प्रधानन्याधीशमा राउतलाई नियुक्त गर्न सिफारिस गरेको थियो ।

त्यसको चार दिनपछि असोज ३ गते बिहीबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले उनीविरुद्ध सार्वजनिक उजुरी आह्वान गरेको थियो ।

तोकिएको १० दिन (हिजोसम्म) राउतविरुद्ध ६ वटा उजुरी प्राप्त भएको बताइएको छ ।उजुरीमा भएका कुरा समितिको बैठकमा खोलेपछि मात्रै थाहा हुनेछ । यसका लागि आज दिउँसो १ बजे समितिको बैठक बोलाइएको छ ।

असोज ३ को समितिको बैठकले प्रधानन्याधीशमा सिफारिस राउतसँगै बेल्जियम र अस्ट्रेलियाका लागि राजदूत सिफारिस सेवा लम्साल र चित्रलेखा यादवविरुद्ध पनि उजुरी माग गरेको थियो । दुईवटा उजुरी राजदूतविरुद्ध परेको समिति सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?