काठमाडौं । झापामा २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले आइतबार दिउँसो एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुद्धशान्ति गाउँपालिका–१ भोटेटार बस्ने २८ वर्षीय सुमन दर्लामी मगर रहेका छन् ।
सुमनले ती महिलालाई शुक्रबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टाेलिले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया