रचना रिमाल र निर्मल दियालीको पूर्वेली भाका ‘शीतल छायाँमा’ सार्वजनिक (भिडियोसहित)

लोकपथ
49
Shares

काठमाडाैं । रचना रिमाल र निर्मल दियालीको आवाजमा पूर्वेली भाका ‘शीतल छायाँमा’ सार्वजनिक भएको छ । खोम गुरुङको शब्द रहेको गीत के एन क्रियसन युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

गायक निर्मल दियालीकै संगीत अनि पुरुषोत्तम सुवेदीको संगीत संयोजन रहेको पूर्वेली टिपिकल लोकलयमा आधारित गीतका शब्द पनि त्यस्तै सुन्दर रहेका छन् । कुबेर तामङको कथा र निर्देशन रहेको भिडियोमा रेनुका मगर, लय संग्रौला, हिरा देवी श्रेष्ठ, रुपा थापा बत, प्रकश तिवारी, रबिन दाहाल, अमरदीप खाती र गायक तथा संगीतकार दियालीको अभिनय छ ।

नितिन तामाङको नृत्य निर्देशन र नवीन सुनुवारले छायांकन र कलर एडिट गरेका छन् । अकोस्टिक नेपाल रेकर्डिङ स्टुडियोमा राजाबाबु थारु र दिल समर्पणले रेकर्ड गरेको गीतलाई प्रकाश मिश्रले मिक्सिङ मास्टरिङ गरेका हुन् ।

भिडियो हेर्नुहोस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?