बारका अध्यक्ष घिमिरेविरुद्ध अवहेलना मुद्दाको तयारी

लोकपथ
105
Shares

काठमाडौं । अदालतको अवहेलना गरेको आरोपमा सर्वोच्च प्रशासनले नेपाल बार एशोसियशनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्ध मुद्दा दर्ताको तयारी गरेको छ ।

घिमिरेले हालै नगरकोटमा आयोजित कार्यक्रममा प्रधानन्यायाधीशले घुस खाएको र घुसको रकम मिलान गर्न न्यायाधीश नियुक्ति सिफारिसमा हतार गरेको अभिव्यक्ति दिएका थिए ।

अध्यक्ष घिमिरेले गैरसंवैधानिक न्याय परिषद् नियमावली खारेज हुनुपर्ने र न्यायाधीश नियुक्तिमा अनियमितता तथा लेनदेन भएको आरोप लगाउँदै न्यायपालिका भित्रको विकृति र विसंगति अन्त्यको माग गर्दै आएका छन् ।

त्यसैलाई इस्यू बनाउँदै सर्वोच्च अदालतले घिमिरेलाई अदालतको अवहेलनाको रूपमा व्याख्या गर्दै प्रतिवेदन तयारी गरिरहेको अदालत स्रोतले जनाएको छ ।

घिमिरेका अभिव्यक्तिलाई लिएर न्याय परिषद्को सचिवालयले विज्ञप्तिमार्फत आपत्ति जनाएको छ ।सर्वोच्च अदालतको न्यायाधीशमा नृपध्वज निरौला र नित्यानन्द पाण्डेको सिफारिसका विषयलाई लिएर घिमिरेले सार्वजनिक अभिव्यक्ति दिएका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?