काठमाडौं । झापाको विर्तामोड नगरपालिका–१० ठुटेबरमा मोटरसाइकल दुर्घटना हुँदा २७ वर्षीय अनिश न्यौपानेको मृत्यु भएको छ ।
गएराति बिर्तामोड नगरपालिकाको बिर्ता बजारबाट सैनिक बजारतर्फ जाँदै गरेको प्रदेश १–०१–०१२ प ५८९१ नम्बरको मोटरसाइकल विपरीत दिशाबाट आउँदै गरेको साइकल यात्रीलाई जोगाउने क्रममा अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले बताए ।
उनका अनुसार दुर्घटनामा गम्भीर घाइते भएको न्यौपानेको आज बी एण्ड सी अस्पताल विर्तामोडमा उपचारका क्रममा मृत्यु भएको हो ।
मोटरसाइकलको पछाडि सवार सोही ठाउँका ३८ वर्षीय टिकाराम रायको बी एण्ड सी अस्पताल विर्तामोडमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
मेची नदीको बीचमा शव भेटियो
भद्रपुर नगरपालिका–३ झोलुङ्गे पुलस्थित मेची नदीको बीच भागमा एक व्यक्तिको शव भेटिएको छ । प्रनाउ चन्दका अनुसार कालो पाइन्ट लगाएको, शरीरको माथिल्लो भागको कपडा नभएको आधा शरीर पुरिएको घोप्टो अवस्थामा शव फेला परेको बताए ।
प्रहरीका अनुसार उक्त शव परीक्षणका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया