बाढीपहिरो : मृत्यु हुनेको संख्या २०९ पुग्यो, २९ जना अझै बेपत्ता

लोकपथ
0
Shares

काठमाडौं । गत बिहीबार साँझदेखी परेको अविरल वर्षाका कारण देशभर ज्यान गुमाउनेहरुको संख्या २०९ पुगेको छ ।

गृहमन्त्रालय विज्ञप्ति जारी गर्दैै बाढीपहिरो लगायत विपत्तिमा परी २०९ जनाको मृत्यु, २९ जना बेपत्ता तथा १४२ जना घाइते रहेको जानकारी गराएको हो ।

त्यस्तै नेपाली सेनाको हेलिकप्टरबाट ४ सय २५ जना घाइते तथा बिरामीको उद्धार गरिएको विज्ञप्तिमा उल्लेख छ । साथै संयुक्त राष्ट्रसंघीय निकाय तथा लजिष्टिक क्लस्टरका संस्थाहरुबीच बैठक गरी राहत सामग्रीको स्टक लिने तथा वितरणका लागि नक्सांकन गर्ने काम भइरहेको जनाइएको छ । सरकारले राहत वितरणमा एकद्वार प्रणाली लागु गर्ने भएको छ ।

सरकारले नजिकिँदो चाडवाडलाई लक्षित गर्दै सुरक्षा निकायसँग समन्वय गरी सडक खुलाउने र तत्काल सम्भव नभएमा वैकल्पिक मार्गको व्यवस्था गर्ने तयारी समेत गरेको छ ।

बिहीबारदेखि परेको अविरल वर्षाका कारण देशभरको जनजीवन प्रभावित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?